अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट सात जना पक्राउ
२०७९-०६-२५
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-१७ ढल्कुस्थित पुष्पलाल पार्क नजिकबाट महोत्तरी घर भई काठमाडौं महानगरपालिका-२६ मित्रनगर बस्ने १८ वर्षीय किशोर लगायत ४ जनालाई नियन्त्रित लागूऔषध नाईट्राभेट ८ सय ५५ ट्याब्लेट सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, पथरीशनिश्चरे नगरपालिका-९ बस्ने ३० वर्षीय सन्तोष लिम्बुको घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ करिब ६ सय मिलिग्राम र नगद ३२ हजार ४ सय रूपैयाँ सहित सन्तोष लिम्बु समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा उक्त पदार्थ र नगद सहित उनीहरूलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-६ भुराकोटबाट ७ ग्राम ६३ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित कैलाली कैलारी गाउँपालिका-११ बस्ने ३० वर्षीय राजु चौधरीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।