अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट ८ जना पक्राउ तथा बरामद
२०७९-०७-०४
- A
- A-
- A+
झापा, भद्रपुर नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय आतिस राजवंशीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, गोदावरी नगरपालिका-९ शेरीबाट अवैध लागूऔषध हिरोईन जस्तो देखिने पदार्थ २५ ग्राम र तौल गर्ने काँटा सहित सोही ठाउँ बस्ने खगेन्द्र बोहरालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ मिलनचोकबाट अवैध लागूऔषध हिरोईन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय मिलिग्राम सहित गोदावरी नगरपालिका-२ बस्ने २३ वर्षीय समिर बिक समेत ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनुषा, जनकपुर उपमहानगरपालिका-८ रामानन्द चोकबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट ९ सय ट्याब्लेट, नाइट्रोजन ३ सय ट्याब्लेट र एग्जिपलोन १ सय एमएलको ५० बोतल सहित औरही गाउँपालिका-२ बस्ने ४० वर्षीय रंजित कुमार मण्डल समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा र लागूऔषध नियन्त्रण ब्यूरो धनुषाबाट संयुक्त रुपमा खटिएको प्रहरीले बीआर ३२ आर ४४०४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
रुपन्देही, बुटवल उपमहानगरपालिका-९ बसपार्कबाट नियन्त्रित लागूऔषध नुर्फिन ४६ एम्पुल, डाइजेपाम ४६ एम्पुल, फेनारागन ४६ एम्पुल र नगद २३ हजार रुपैयाँ सहित कास्की जिल्ला पोखरा महानगरपालिका-१९ बस्ने २६ वर्षीया सन्तु घर्ति मगरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङ, जहदा गाउँपालिका-२ भातेगंजबाट अवैध लागूऔषध गाँजा करिब १५ केजी शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले बाँसको झ्याङमा गाडेको अवस्थामा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।