प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सुन जस्तो देखिने धातु सहित पक्राउ

२०८१-०७-१३

  • A
  • A-
  • A+
Share

रूपन्देही, बुटवल उपमहानगरपालिका-८ रामनगरबाट करिब ३० तोला तौलको बिस्कुट आकारको सुन जस्तो देखिने धातु २ थान सहित कपिलवस्तु बाणगंगा नगरपालिका-८ चप्परगाउँ बस्ने ३३ वर्षीय अकवर अलि मियालाई सोमबार राति प्रहरीले पक्राउ गरेको   छ ।

इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले कृष्णनगर कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख ६५४२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसको अगाडी बनोट माथि सोही बसका सहचालक अकवरको झोलाभित्र रहेको उक्त तौलको धातु फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-१०-०२

रौतहट, अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी भारत बिहार सीतामाढी बसबिट्टा बस्ने २२ वर्षीय सुधीर कोईरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । रौतहट परोहा नगरपालिका-२ तेजापाकड बस्ने ३० वर्षीय हिरामन महतोलाई २०८० बैशाख ९ गते माधव नारायण नगरपालिका-६ माधोपुरबाट अपहरण गरी भारतमा लगी शरीर बन्धक बनाई निजको परिवारसँग फिरौती माग गरेको घटनामा संलग्न रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्ला प्रहरी कार्यालय सर्लाहीसँगको समन्वयमा सर्लाहीको सीमा नाकाबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

रक्तचन्दन जस्तो देखिने काठ सहित दुई जना पक्राउ
२०८१-१०-०२

काठमाडौं महानगरपालिका-३२ पेप्सिकोलाबाट रक्त चन्दन जस्तो देखिने काठ ४ सय ३१ किलोग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-८ घर भएका ४० वर्षीय ज्ञान बहादुर तिमिल्सिना र काठमाडौं महानगरपालिका-१४ बस्ने ४१ वर्षीय रमेश थापा रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उक्त स्थानमा रहेको टहरामा १३ वटा बोरा भित्र रहेको उक्त परिमाणको काठ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-१०-०१

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भोजपुर साल्पासिलिछो गाउँपालिका-५ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-२ बस्ने २९ वर्षीय निम पासी शेर्पालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । शेर्पाले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

सुन जस्तो देखिने धातु र विभिन्न गरगहना सहित एक जना पक्राउ
२०८१-१०-०१

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट ४८२.२३ ग्राम काँचो सुन जस्तो देखिने बिस्कुट आकारका टुक्रा २ थान र विभिन्न गरगहना सहित पर्सा पोखरिया नगरपालिका- ८ जगतपुर बस्ने ४८ वर्षीय बिक्रम साहलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले बर्दिवासबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ५५४० नम्बरको फोर्स गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार साहको साथमा रहेको झोलाभित्र ४ वटा प्याकेटमा लुकाई छिपाई ल्याउँदै गरेको बिल बिजक नभएको उक्त परिमाणको धातु र गरगहना फेला पारी उनलाई पक्राउ गरेको हो । उनको साथबाट औठी ७३ थान, मंगलसुत्र ५ थान, झुम्का/टप ६ थान, बाला १ थान, नेकलेस १ थान, हिरा जस्तो देखिने सेतो टल्कने पत्थर कागजको सानो सानो पोकामा १२ थान, मोवाइल १ थान र नगद १९ हजार रूपैयाँ प्रहरीले बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।