जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
२०८२-१२-२७
- A
- A-
- A+
बाँके, नेपालगंज उपमहानगरपालिका-१९ सुर्जिगाउँ बस्ने रोशन सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा बैजनाथ गाउँपालिका-१ बस्ने ३४ वर्षीय बिरेन्द्र बुढा क्षेत्री समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ९ सय २० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।