जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
२०८३-०४-०९
- A
- A-
- A+
कास्की, पोखरा महानगरपालिका-५ फिर्के खोला डेरा गरी बस्ने ३५ वर्षीय दिपक आचार्यको कोठामा जुवातास खेलिरहेको अवस्थामा दिपक समेत ५ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७७ हजार १ सय ४५ रूपैयाँ र ४ सय १६ पत्ति तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।