कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०१-२४
- A
- A-
- A+
काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काभ्रे पाँचखाल नगरपालिका-७ बस्ने खोटाङ घर भएका ४३ वर्षीय धिरज भन्ने मोतिधन राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०७६ असोज १ गतेको फैसलाले उक्त मुद्दामा जन्मकैद सजाय ठहर भई कैद भुक्तानको लागि केन्द्रीय कारागार भद्रबन्दी गृह सुन्धारामा रहेकोमा २०८२ भदौ २४ गते कारागारबाट फरार भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काभ्रे पाँचखाल नगरपालिका-७ शिखरपुरबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा पठाइएको छ ।