हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०६-०४
- A
- A-
- A+
उदयपुर, आफ्नै श्रीमती ४५ वर्षीया बिमला राईको हत्या गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका-२ डाँडागाउँ बस्ने ५८ वर्षीय गन्दु राम राईलाई गए राति प्रहरीले पक्राउ गरेको छ । गन्दु रामले घरायसी वादविवादको क्रममा धारिलो हतियार प्रहार गर्दा बिमला गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट माडिबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएकी बिमलाको नगर अस्पताल बेल्टारमा उपचारको क्रममा गए राति मृत्यु भएको हो ।
बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२ बस्ने ३८ वर्षीय शेर बहादुर खड्काको हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-१६ बस्ने २२ वर्षीय आयुष राईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ सोही उपमहानगरपालिका-१ स्थितमा उनीहरू बीच झै-झगडा हुँदा आयुषले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका शेर बहादुरको नेपाल मेडीसिटी बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा शनिबार बेलुकी मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बारा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त घटनाको थप अनुसन्धानको लागि अन्य ५ जनालाई समेत नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।