कटुवा पेस्तोल सहित पक्राउ
२०८३-०७-०२
- A
- A-
- A+
झापा, भद्रपुर नगरपालिका-६ वधशाला डेरा बस्ने हल्दिबारी गाउँपालिका-५ घर भएका ४४ वर्षीय मन कुमार लिम्बुलाई कटुवा पेस्तोल १ थान सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले मन कुमारको कोठा तलासी गर्दा उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।