कीर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०६-३०
- A
- A-
- A+
काठमाडौं, ३१ असोज, कीर्ते सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने धनुषा घर भएका ४८ वर्षीय ऋषिकेश कुमार झा लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर सुर्यबिनायक नगरपालिका-२ बालकोटबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ ।