बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०६-०३
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवाद काठमाडौं महानगरपालिका-१४ चिल्ड्रेन पार्क बस्ने कास्की पोखरा महानगरपालिका-५ घर भएका ३७ वर्षीय रामेश्वर पराजुलीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमती जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१० बिजुली बजारबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त गौशाला काठमाडौं पठाइएको छ ।