लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०६-०३
- A
- A-
- A+
काठमाडौं, लागूऔषध मुद्दाका फरार प्रतिवादी काठमाडौं तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने बाजुरा बुढीनन्दा नगरपालिका-११ घर भएका २२ वर्षीय प्रवेश रोकायालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा ३ वर्ष कैद र नगद २ लाख रूपैयाँ जरिवाना ठहर भई कैद भुक्तानका लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौंमा रहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं तारकेश्वर नगरपालिका-८ जरङ्खुबाट पक्राउ गरेको हो ।
उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौंमा पठाइएको छ ।