हलुका सवारी चालक तालिम शुरू
२०८०-०८-०५
- A
- A-
- A+
काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २६ औं समूहको हलुका सवारी चालक तालिम संचालन भएको छ ।
उक्त तालिमको सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले महाशाखामा मंगलबार आयोजित कार्यक्रमबीच उद्घाटन गर्नुभयो । जम्मा ४५ कार्यदिन अवधिको उक्त तालिममा जम्मा ३१ जना प्रहरी कमर्चारीहरूको सहभागिता रहेको छ ।