नियन्त्रित लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट दुई जना पक्राउ
२०७९-०६-२८
- A
- A-
- A+
नवलपरासी (पूर्व), विनयीत्रिवेणी गाउँपालिका-१ होङ्सी गेट नजिकबाट नियन्त्रित लागूऔषध नुर्फिन २४ एम्पुल, डाईजेपाम २४ एम्पुल र फेनारगन २४ एम्पुल सहित कास्की पोखरा महानगरपालिका-९ बस्ने २९ वर्षीय विकाश क्षेत्रीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले ग.१८ प ६९०४ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्नेक्रममा स्कुटर पछाडी सवार विकाश प्रहरीलाई देखी भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिई जाँच गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । साथै स्कुटर लिई फरार भएका चालकको खोजी गर्ने क्रममा मध्यविन्दु नगरपालिका-११ अरूणखोलाको जंगलमा प्रहरीले स्कुटर फेला पारेको छ भने फरार रहेका चालकको खोजी गरिरहेको छ ।
पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेट नजिकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ३ सय ट्याब्लेट सहित पोखरिया नगरपालिका-१० बस्ने २१ वर्षीय पुलिस कुमार साहलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको अटोमा सवार उनलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।