अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०२-२९
- A
- A-
- A+
सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३१ ग्राम २ सय ९० मिलिग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका-४ बस्ने २१ वर्षीय रूपेश ठाकुर र ३० वर्षीय सुरज राज धामी रहेका छन् । इलाका प्रहरी कार्यालय भिमान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले सुनसरीबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०८-००१ ख ०१७७ नम्बरको हायसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
रूपन्देही, कोटहीमाई गाउँपालिका-४ बैरघाटबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय एम्पुल र बुप्रेनोर्फिन ४९ एम्पुल सहित सोही ठाउँ बस्ने २ जना १८ वर्षीय किशोरहरूलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मजगवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।