प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न हातहतियार सहित दुई जना पक्राउ

२०७९-०१-२४

  • A
  • A-
  • A+
Share

बारा, सिम्रौनगढ नगरपालिका-९ बसबरियाबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली २ राउण्ड, चाईनिज पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन १ थान र २ राउण्ड सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत बिहार राज्य पुर्वी चम्पारण मोतिहारी थाना घोडासहन ग्राम पंचायत लौखान-१ बस्ने २३ वर्षीय पप्पु कुमार यादव र सोही ठाउँ भेलवा-१४ बस्ने २१ वर्षीय अकलेश कुमार सिंह रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०१ पि ३१६१ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय सिम्रौनगढ र सशस्त्र प्रहरी बल नेपाल गोलागंज पोष्टबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
भरूवा बन्दुक सहित दुई जना पक्राउ
२०८१-०५-२२

अछाम, पञ्चदेवल बिनायक नगरपालिका-९ ओखरगैरा बस्ने ६८ वर्षीय नन्दराम साउँद र ६७ वर्षीय चिन कार्कीलाई भरूवा बन्दुक सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूको घरमा बन्दुक लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कालेकाँडाबाट खटिएको प्रहरीले नन्दराम साउँदको घर नजिक बारीमा लुकाई छिपाई राखेको एकनाले भरूवा बन्दुक १ थान, सिसाको छर्रा १३ वटा र बारूद तथा चिन कार्कीको घरबाट एकनाले भरूवा बन्दुक १ थान, सिसाको छर्रा ९ वटा र बारूद फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुक बनाउने विभिन्न सामान सहित एक जना पक्राउ
२०८१-०५-१९

बाँके, डुडुवा गाउँपालिका-६ शिख्नपुरूवा बस्ने २४ वर्षीय लक्ष्मण सिंह शिखलाई भरूवा बन्दुक बनाउने विभिन्न सामान सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।उनको घरमा भरूवा बन्दुक बनाउन प्रयोग हुने सामानहरू रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले घर तलासी गर्दा भरूवा बन्दुकको नाल १ थान, बनाउँदै गरेको भरूवा बन्दुकको चित्र भएको काठ २ थान, भरूवा बन्दुक बनाउन प्रयोग हुने नाल ४ थान, फलामको गज १ थान, छर्रा, बारूद र जंगली जनावरको खोपडी सहितको सिङ १ थान फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।