प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ

२०८२-१२-१९

  • A
  • A-
  • A+
Share

 ललितपुर, महालक्ष्मी नगरपालिका-७ चागाँथलीस्थित ग्रीन सिटी भिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-१३ बस्ने ५१ वर्षीय दिपेश खड्गी समेत २१ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९ लाख ७ हजार ९ सय ७५ रूपैयाँ, ३९ बुक तास र १६ थान कौडासहित पक्राउ गरेको हो । 

यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-७ पाटन सुन्धारास्थित क्याफे एण्ड रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर महानगरपालिका-७ सुवाल बस्ने ३६ वर्षीय सुमन महर्जन समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६५ हजार ७ सय ३० रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-२ स्थित घरमा जुवातास खेलिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका-४ बस्ने ६७ वर्षीय पुष्प राज पन्त लगायत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार १ सय ७० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
२०८३-०३-१४

काठमाडौं, काठमाडौं महानगरपालिका-१३ सोल्टीमोड डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका ३७ वर्षीय दिनेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा दिनेश समेत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २३ हजार ५ रूपैयाँ र २२ बुक तास सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-३ पुलचोक बस्ने ५६ वर्षीय बाबुराम खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा बाबुराम समेत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८० हजार ४ सय ६५ रूपैयाँ र ४ बुक तास सहित  पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।