हलुका सवारी चालक तालिम सुरू
२०८३-०१-०९
- A
- A-
- A+
काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा काठमाडौं महानगरपालिका, महानगर प्रहरी बलका नगर प्रहरी कर्मचारीहरूका लागि हलुका सवारी चालक उन्नत तालिम सुरू भएको छ ।
सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले बुधबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले प्रशिक्षार्थीहरूलाई नयाँ प्रविधिका सवारी साधनहरूको बारेमा ज्ञान तथा सिप दिलाई दक्ष एवम् कुशल चालकको रूपमा विकास गर्न तालिम उपयोगी हुने बताउनुभयो ।
कार्यक्रममा प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा १० जना नगर प्रहरीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।