प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुकसहित दुई जना पक्राउ

२०८०-१२-२०

  • A
  • A-
  • A+
Share

रौतहट, चन्द्रपुर नगरपालिका-१ पौराईबाट अवैध भरूवा बन्दुक १ थानसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय शेरब सिंह गोले र उनकै ज्वाई नाता पर्ने ३५ वर्षीय धर्मजित स्याङतान रहेका छन् । 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चपुर र प्रहरी चौकी पौराईबाट खटिएको प्रहरीले गोलेको घर तलासी गर्दा भकारीभित्र लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार