प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

२०८१-०१-२७

  • A
  • A-
  • A+
Share

बाँके, जानकी गाउँपालिका-६ प्रिप्रहवा रिहारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११४.२६० मिलिग्रामसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-१२ बस्ने २७ वर्षीय प्रमोद कार्की र २६ वर्षीय सुशिल परियार रहेका छन् । उक्त स्थानमा लागूऔषधको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिने क्रममा सुशिल परियार भाग्न खोज्दा प्रहरीले गोली प्रहार गर्दा उनी सामान्य घाइते भएका  थिए । घाइते भएका सुशिललाई तत्काल उपचारको लागि भेरी अस्पताल नेपालगंज लगिएकोमा उपचार पश्चात डिस्चार्ज भएका छन् । उनीहरूले प्रयोग गरेको भे.५ प ३१३५ नम्बर र भे.६ प ६२०६ नम्बरको २ थान स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।  

सिरहा, औरही गाउँपालिका-१ दरैहियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ११ ग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका-१२ बस्ने २३ वर्षीय युगेश लामा र धनगढीमाई नगरपालिका-१० बस्ने २३ वर्षीय विषेश श्रेष्ठ रहेका छन् । प्रहरी चौकी हर्कट्टीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बागमती प्रदेश-०२१ प ८४८५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  

पर्सा, बिन्दवासिनी गाउँपालिका-४ मधुबल बस्ने ५१ वर्षीय कृष्ण चन्द्र साहलाई अवैध लागूऔषध गाँजा २ सय ५० ग्रामसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी अमरपट्टीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा झोलामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८१-०२-०७

कैलाली, जानकी गाउँपालिका-६ स्वर्णपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्रामसहित सोही गाउँपालिका-६ बस्ने २७ अमृत थापालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो  । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिभुवनचोकबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय ग्रामसहित सोही उपमहानगरपालिका-१३ बस्ने १७ वर्षीय र १८ वर्षीय २ जना किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट चटकपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।झापा, विर्तामोड नगरपालिका-३ स्थित लक्की रेष्टुरेण्ट एण्ड फास्ट फुड होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्राम ४ सय मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ गणपती बेकरी छेउ बस्ने २६ वर्षीय कुन्दन कुमार शर्मा र भारत दार्जेलिङ घर बताउने २३ वर्षीय रोहित मुखिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको  हो ।सिन्धुली, कमलामाई नगरपालिका-४ ढुङ्ग्रेबासबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ९० मिलिग्राम, गाँजा जस्तो देखिने पदार्थ १५ ग्राम ८ सय ३० मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो १ ट्याब्लेटसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कमलामाई नगरपालिका-४ डेरा गरी बस्ने तीनपाटन गाउँपालिका-९ घर भएका २६ वर्षीय बिनोद परियार र गोलन्जोर गाउँपालिका-६ बस्ने २२ वर्षीय रबिन मैनाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।सुनसरी, हरिनगर गाउँपालिका-७ स्थित सडकबाट नियन्त्रित लागूऔषध स्पास्मो करिब ३२ पिस, गाँजासहितको चिलिम १ थान, स्रोत नखुलेको १ लाख ९ हजार २ सय ६० नेपाली रूपैयाँ र १ सय ३० भारतीय रूपैयाँसहित देवानगञ्ज गाउँपालिका-२ बस्ने २५ वर्षीय रहमान मिहाँ समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी घुस्की र अस्थाई प्रहरी चौकी मोतिटप्पुबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । मोरङ, बिराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्रामसहित सोही महानगरपालिका-११ बस्ने ३२ वर्षीया कल्पना राजभण्डारीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित चार जना पक्राउ
२०८१-०२-०६

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४८ ग्रामसहित बाँके कोहलपुर नगरपालिका-१२ घर भएका ३२ वर्षीय सचिन रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले ना.५ ख ४०५६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । बाँके, खजुरा गाउँपालिका-३ एक नम्बर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय रोहित सुनार, २२ वर्षीय आशिष सुनार र  २६ वर्षीय सचिन सिङ क्षेत्री रहेका छन् । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो  । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८१-०२-०५

बाँके, नेपालगञ्ज उपमहानगरपालिका-६ फुलटेक्राबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५ मिलिग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय पेशकर खटिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यसैगरी बाँके, खजुरा गाउँपालिका-६ सिमलघारीस्थित घुम्ति पसलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २९ वर्षीय देबेन्द्र शाहीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।मोरङ, पथरी शनिश्चरे नगरपालिका-४ सम्झना चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने १७ वर्षीय र १६ वर्षीय २ जना किशोरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट कीर्तिपुरबाट गस्तीमा खटिएको प्रहरीले प्र.१-०२-०५३ प ६२६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।सुनसरी, बराहक्षेत्र नगरपालिका-१ खारखोलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५० मिलिग्रामसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धनकुटा पाख्रिबास नगरपालिका-४ घर भएकी २१ वर्षीया जमुना कार्की र उनकै श्रीमान भारत दार्जिलिङ खोरीपारी थाना डुलाल जोत पोष्ट बस्ने ३५ वर्षीय जिन तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।कास्की, पोखरा महानगरपालिका-११ रामघाटबाट नियन्त्रित लागूऔषध नुर्फिन २७ एम्पुल, डाईजेपाम २७ एम्पुल र फेनरागन २७ एम्पुलसहित सोही महानगरपालिका-१४ बस्ने १८ वर्षीय किशोर र सोही महानगरपालिका-९ बस्ने ललितपुर घर भएका संदिप मिजारलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा पोखरा महानगरपालिका-९ बस्ने ३६ वर्षीय धन बहादुर गौतमको घरबाट नुर्फिन ६० एम्पुल, डाईजेपाम ६० एम्पुल र फेनारगन ६० एम्पुल फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।