अवैध लागूऔषधसहित दुई जना पक्राउ
२०८०-०१-१७
- A
- A-
- A+
कञ्चनपुर, बेलौरी नगरालिका-६ नकैयाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५६ मिलिग्रामसहित कैलाली धनगढी उपमहानगरपालिका-३ मिलनचोक बस्ने २० वर्षीया सन्ध्या चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई लुकाई ल्याएको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
बारा, निजगढ नगरपालिका-६ सडकटोल बस्ने ३३ वर्षीय सुमित राउतलाई नियन्त्रित लागूऔषध ३ सय ४० पीससहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरीले उनको घरबाट उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।