स्रोत नखुलेको नगद सहित एक जना पक्राउ
२०८३-०३-१९
- A
- A-
- A+
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडा पहेलो पुलबाट स्रोत नखुलेको नगद ३९ लाख ४१ हजार ६ सय २० रूपैयाँ सहित काठमाडौं कालिमाटी बस्ने बारा पचरौता नगरपालिका-७ घर भएका २३ वर्षीय मनमोहन साह कलवारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।