चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-२३
- A
- A-
- A+
काठमाडौं, चेक अनादर मुद्दाका फरार प्रतिवादी ललितपुर महानगरपालिका-९ बालकुमारी बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका-७ घर भएका ४२ वर्षीय भिमसेन काफ्लेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकको २०८० मंसिर २७ गतेको फैसलाले उक्त मुद्दामा बिगो वापत २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका-४ इमाडोलबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको छ ।