मोटर ट्रान्सपोर्ट अफिसर तालिम समापन
२०७९-०३-२३
- A
- A-
- A+
काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय, सवारी महाशाखा सामाखुशीमा संचालित चौथो समूहको मोटर ट्रान्सपोर्ट अफिसर तालिम बिहीबार समापन भएको छ ।
तालिम समापनका अवसरमा सोही महाशाखाका प्रहरी उपरीक्षक ई. दिनेश केसीले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रहरी जनशक्तिलाई अपेक्षाकृत कार्य सम्पादन गर्न सक्षम बनाउन, उपलब्ध सवारी साधनको समयमा मर्मत संभार गर्न, सवारी साधनको उचित व्यवस्थापन र परिचालन गर्न दक्ष जनशक्ति उत्पादन गर्नु तालिमको उद्देश्य रहेको बताउनुभयो । तालिमबाट सिकेका ज्ञान, सिपलाई प्रशिक्षार्थीले आ-आफ्नो कार्य क्षेत्रमा लागू गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई. कमलेन्द्रलाल कर्णले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ३५ दिन कार्य अवधिको उक्त तालिममा प्रहरी वरिष्ठ नायव निरीक्षक १ जना, प्रहरी नायव निरीक्षक ४ जना र प्रहरी सहायक निरीक्षक १७ जना गरी जम्मा २२ जना प्रशिक्षार्थीहरुले सफलतापुर्वक तालिम सम्पन्न गरेको जानकारी दिनुभयो ।