बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-२०
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं चन्द्रागिरी नगरपालिका-८ बस्ने सोही नगरपालिका-७ घर भएका ४८ वर्षीय कृष्ण नगरकोटीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त महाराजगंज काठमाडौं पठाइएको छ ।