प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

२०८२-०१-०९

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-२६ मित्रनगर मन्जुश्री मार्गस्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय ६६ एम्पुल, डाइजेपाम १ सय ५६ एम्पुल र बुप्रेनोर्फिन १ सय ६६ एम्पुल सहित पर्सा वीरगंज महानगरपालिका-२३ घर भई काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क बस्ने २६ वर्षीय रोशन कुमार यादवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ । 

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध वानरेक्स एक सय एमएलको २ सय २५ बोतल सहित पर्सा बहुदरमाई नगरपालिका-९ बस्ने २४ वर्षीय मुमताज मियालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बारा अमलेखगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको मधेश प्रदेश ०३-००१ ज ४५१ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोको छत माथी रहेको टायरभित्र बोरामा लुकाई छिपाई ल्याएको उक्त लागूऔषध फेला पारी सुमो चालक मुमताजलाई पक्राउ गरेको हो । 

बाँके, नेपालगञ्ज उपमहानगरपालिका-२ पुष्पलाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१८ कारकाँदो बस्ने ४२ वर्षीय पुष्कर कार्कीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

कास्की, पोखरा महानगरपालिका-१० शिवचोकबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्राम, ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम र नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन २५ एम्पुल, डाइजेपाम १२ एम्पुल र फेनारगन ११ एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१० शिवचोक बस्ने ३९ वर्षीय राज नेपाली र ४५ वर्षीय मिलन भन्ने राजेन्द्र गुरुङ रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कास्की, पोखरा महानगरपालिका-६ नारेश्वरबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १७ ग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१० अम्मरसिंह बस्ने ३० वर्षीया निशा गुरूङ र अन्नपूर्ण गाउँपालिका-३ घर भएका ३४ वर्षीय विश्व गुरूङ रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   

कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ निङ्गलासैनी टोल बस्ने ३० वर्षीय निशान्त घर्तीमगरलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, धरान उपमहानगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय राकेश परियार र २८ वर्षीय धर्मचन्द्र गिरी रहेका छन् । प्रहरी चौकी पानबारीबाट खटिएको प्रहरीले राकेशको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।   

कञ्चनपुर, भीमदत्त नगरपालिका-९ ब्रह्मदेव दुर्गेटोलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १५ ग्राम र ३ राउण्ड गोली सहित सोही ठाउँ बस्ने ४२ वर्षीय कर्ण बहादुर कार्कीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ र गोली फेला पारी पक्राउ गरेको हो । 

रूपन्देही, देवदह नगरपालिका-५ खैरेनीचोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४१ एम्पुल, फेनारगन ४१ एम्पुल र टेलजेसिक ४१ एम्पुल सहित कन्चन गाउँपालिका-५ रूद्रपुर बस्ने २४ वर्षीय यम बहादुर बिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

नवलपरासी पूर्व, कावासोती नगरपालिका-१६ चालिसकिलोबाट नियन्त्रित लागूऔषध डाईजेपाम १९ एम्पुल, फेनारगन १९ एम्पुल र नोर्फिन १९ एम्पुल सहित चितवन भरतपुर महानगरपालिका-२१ बस्ने ३२ वर्षीय क्षितिज तामाङ योङ्जनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०७-०५

पर्सा, पटेर्वासुगौली गाउँपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ५ सय मिलिग्राम र गाँजा १ सय २० ग्राम सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पटेर्वासुगौली गाउँपालिका-५ निचुटा बस्ने ४३ वर्षीय संजय औझैया, १९ वर्षीय अशोक चौधरी र २६ वर्षीय कृष्ण कुमार गुप्ता रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-४ दक्षिणकाली मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५८ मिलिग्राम सहित गोदावारी नगरपालिका-९ बस्ने १९ वर्षीय सन्जय राना समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित ९ जना पक्राउ
२०८३-०७-०३

जुम्ला, तिला गाउँपालिका-३ कुडारी बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय ३० मिलिग्राम सहित तातोपानी गाउँपालिका-१ राँका बस्ने २० वर्षीय विकाश सार्की समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले नाग्माबाट जुम्लातर्फ आउँदै गरेको भे.१ ज ८९८ नम्बरको भ्यानमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-२ त्रिशुली चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने २४ वर्षीय प्रदिप राजवंशी समेत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित भारत पिलिभित न्युरिया कलौनी बस्ने ३२ वर्षीय अमित हलदरलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१ ढोडेखाली बस्ने २७ वर्षीय आयुस बम समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले आयुसको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।         यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८३-०७-०२

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७२ हजार ८० ट्याब्लेट सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा कलैया उपमहानगरपालिका-२३ कोयरिया टोल घर भएका २७ वर्षीय सुदिप पटेल र पर्सा वीरगंज महानगरपालिका-१७ अलौ घर भएका २७ वर्षीय सुनिल सहनी रहेका छन् । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.२० च ७५८८ नम्बरको कार जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।   बर्दिया, बाँसगढी नगरपालिका-५ शान्तिचोकस्थित ऋतु होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बढैयाताल गाउँपालिका-४ बस्ने २५ वर्षीय रबिन थारू र बाँके कोहलपुर नगरपालिका-१२ बस्ने २६ वर्षीया पुतली पुन रहेका छन् । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ ।  बाँके, जानकी गाउँपालिका-४ ढुडुवारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ५ मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय तिलक विकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१ वाटरपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय १० मिलिग्राम सहित भारत उत्तर प्रदेश बहराईज तहशिल नानपारा घर भएका २७ वर्षीय साबिर अलि अंसारीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, शिवसताक्षी नगरपालिका-११ दुधे डेरा गरी बस्ने बाह्रदशी गाउँपालिका-६ घर भएका ४८ वर्षीय बम बहादुर लिम्बुलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ३० मिलिग्राम र नगद ८९ हजार ७ सय रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले बम बहादुरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।   सर्लाही, मलंगवा नगरपालिका-११ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ६९ ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० बस्ने २५ वर्षीय पप्पु यादव र सोही नगरपालिका-११ बस्ने २७ वर्षीय अरूण कुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाही समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले पप्पुले प्रयोग गरेको बिआर ३० एच ६०९८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-९ ब्रह्म्देब जिरो पोइन्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ४ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१८ सालघारी बस्ने ३३ वर्षीय राज चौधरीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ३० मिलिग्राम, नियन्त्रित लागूऔषध स्पास्मो ७२ ट्याब्लेट र नाइट्राजेपाम ९० ट्याब्लेट सहित सोही ठाउँ बस्ने ४३ वर्षीय अर्सद अन्सारीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भोक्राहा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बिआर ३८ एजे ७३१२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३-०७-०१

बारा, गढीमाई नगरपालिका-९ बाट अवैध लागूऔषध गाँजा ४ किलो ५ सय ग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चरमोहनाबाट खटिएको प्रहरीले भे.३ प ३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० भुटनदेवीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट, डिजिटल तारजु १ थान र नगद ९१ हजार ४ सय ५ रूपैयाँ सहित सोही उपमहानगरपालिका-११ डाङडुङे बस्ने २७ वर्षीय उज्वल चौलागाईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले बा. प्र.०३-००१ प ३१८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट र भोमिन ८० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने २७ वर्षीय प्रवेश बानिया समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उक्त स्थानबाट बा. प्र.०३-००५प ६९११ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  मोरङ, पथरीशनिश्चरे नगरपालिका-५ त्रिवेणी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ९० ट्याब्लेट र नाइट्राजेपाम ४८ ट्याब्लेट सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने २२ वर्षीय दुर्गा ऋषिदेव र सुनसरी धरान उपमहानगरपालिका-६ पानमारा बस्ने २७ वर्षीय पुरन मगर रहेका छन् । अस्थायी प्रहरी पोष्ट हसन्दहबाट खटिएको प्रहरीले भैराहाबाट सुगातर्फ आउँदै गरेको को. २० प ४७२३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-४ चम्मचोकस्थित न्यू तहल्का होटल एण्ड लजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित बेदकोट नगरपालिका-७ बस्ने ३४ वर्षीय मनोज राज भट्टलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब ९ सय १५ किलो गाँजा सहित ४ जना पक्राउ
२०८३-०७-०१

सुनसरी, इनरूवा नगरपालिका-४ ज्ञानोदय टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ९ सय १५ किलो ६ सय ८० ग्रामसहित ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव, ३० वर्षीय आशिष यादव र दुहवी नगरपालिका-१० बस्ने २२ वर्षीय कुन्दन यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले बुलबुल यादवको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  साथै प्रहरीले उक्त स्थानबाट प्र.१-०२-००१ प ९१९९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको   छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।