प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न महिला पक्राउ

२०८२-०१-२९

  • A
  • A-
  • A+
Share

पर्सा, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा वीरगंज महानगरपालिका-१६ नगवा घर भएकी २० वर्षीया आलिया खातुनलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

आलियाले विभिन्न प्रलोभनमा देखाई भारत विहार रक्सौलस्थित होटलमा यौन क्रियाकलापमा लगाएको भन्ने पीडितको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले पीडितलाई उद्दार समेत गरेको छ ।

उनी उपर मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ
२०८२-१२-२७

सुनसरी, कोशी गाउँपालिका-८ भण्टावारीबाट स्रोत नखुलेको नगद ६ लाख ४८ हजार ७ सय १० नेपाली रूपैयाँ र १२ हजार ९ सय ५० भारतीय रूपैयाँ सहित २ शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तिलाठी कोईलाडी गाउँपालिका-५ बस्ने ५८ वर्षीय राम लखन यादव र भारत सुपौल छिटही हनुमाननगर-१५ बस्ने ६५ वर्षीय प्रभु मुखिया रहेका छन् । इलाका प्रहरी कार्यालय भण्टावारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२१ प १४९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अपराधिक षडयन्त्र तथा अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-१२-२७

काठमाडौं,अपराधिक षडयन्त्र तथा अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने सिन्धुपाल्चोक घर भएका ५६ वर्षीय गोपाल श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत रूपन्देहीबाट अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिक-२८ बागबजारबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रूपन्देही पठाइएको छ ।

पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-१२-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं नगरपालिका-१० बस्ने काभ्रे घर भएकी ४७ वर्षीया कुमारी मगर तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । कुमारीले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१४ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।