प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्या गरेको अभियोगमा पक्राउ

२०७८-०६-२४

  • A
  • A-
  • A+
Share

ललितपुर, बाग्मती गाउँपालिका-४ प्युटार घर भएका २९ वर्षीय राजकुमार भुलुनको हत्या गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा मृतककै श्रीमती २८ वर्षीया रजिना भोलुन, गोदावरी नगरपालिका-७ देवीचौर बस्ने ३० वर्षीय ज्ञान कुमार सिंतान, २५ वर्षीया सुनीता सिंतान र गोदावरी नगरपालिका-१२ ठेचो बस्ने ३० वर्षीया लक्ष्मी ब्लोन (लुङ्वा) भन्ने म्याक्सी माया भोलन रहेका छन् । सोही घटनामा संलग्न गोदावरी नगरपालिका-११ बस्ने मनोज मगर भन्ने २८ वर्षीय मनोज सार्की घटनास्थल नजिकै मृत अवस्थामा फेला परेका छन् । 

गोदावारी नगरपालिका-७ देविचौर सलेनी खोल्सामा धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा असोज ११ गते बिहान राजकुमारको शव फेला परेको घटनाको थप अनुसन्धानका लागि खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको  हो । 

उनीहरु उपर जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।


सम्बन्धित समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-०१-०७

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा कालिञ्चोक गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ३१ वर्षीय अरुण सिवाकोटी र धनकुटा महालक्ष्मी नगरपालिका-६ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४१ वर्षीय जगनाथ नेपाल रहेका छन् ।   पक्राउमध्ये अरूणले पोल्याण्ड पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ ठगी गरेको र जगनाथले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अरूणलाई काठमाडौं पेप्सीकोला र जगनाथलाई  काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।