अवैध लागूऔषध गाँजा सहित पक्राउ
२०७९-०३-२९
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट करिब १ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित बारा जितपुरसिमरा उपमहानगरपालिका-७ शान्तिटोल बस्ने २७ वर्षीय वीरेन्द्र बैठालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त बसपार्कबाट माईक्रोमा चढ्न लागेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।