हलुका सवारी चालक उन्नत तालिम शुरू
२०७९-०६-२५
- A
- A-
- A+
काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २५ औं समूहको हलुका सवारी चालक उन्नत तालिम संचालन भएको छ ।
उक्त तालिमको सोही महाशाखाका प्रहरी उपरीक्षक ई. कमलेन्द्र लाल कर्णले महाशाखामा मंगलबार आयोजित कार्यक्रमबीच उद्घाटन गर्नुभयो । सो अवसरमा प्रहरी उपरीक्षक कर्णले दक्ष हलुका सवारी चालक जनशक्ति उत्पादन गर्नु तालिमको उद्देश्य रहेको उल्लेख गर्दै प्रशिक्षकहरुबाट दिईएको ज्ञान र सिपलाई अनुशासित भएर हासिल गर्न प्रशिक्षार्थीहरूलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा १६ दिन कार्य अवधिको उक्त तालिममा प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार ३ जना, प्रहरी सहायक हवल्दार ६ जना र प्रहरी जवान १८ जना गरी जम्मा २८ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।