बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०१-१८
- A
- A-
- A+
पर्सा, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-५ बस्ने ४७ वर्षीय राजेश कुमार गुप्तालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत पर्साबाट उक्त मुद्दामा १२ दिन कैद र ११ लाख रूपैयाँ जरिवाना फैसला भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-८ बाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पर्सामा पेश गरिएको छ ।