कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०७९-०८-०८
- A
- A-
- A+
बाजुरा, त्रिवेणी नगरपालिका-७ मालाकोट बस्ने ३२ वर्षीय चेतन दिप ऐडीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा त्रिवेणी नगरपालिका-७ बस्ने २७ वर्षीया रुपा चौधरी ऐडी र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । गत मंसिर ४ गते मतदान गरी घर फर्किने क्रममा सोही नगरपालिका बाजपानीमा कुटपिट हुँदा गम्भीर घाइते भएका ऐडीको न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा उपचारको क्रममा मंसिर ५ गते मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।