अवैध लागूऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ
२०८१-०८-१६
- A
- A-
- A+
काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका-९ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर करिब ४८ ग्राम सहित काठमाडौं शंखरापुर गाउँपालिका-९ बस्ने २४ वर्षीय अभिषेक राजबाहक समेत ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङबाट खटिएको प्रहरीले बा.१५ च २३५६ नम्बरको स्कार्पियोलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी स्कार्पियोमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।