प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

२०८२-०४-१९

  • A
  • A-
  • A+
Share

भक्तपुर, चाँगुनारायण नगरपालिका-७ खरिपाटीस्थित बाँसबारी रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा मध्यपुर थिमी नगरपालिका-५ बस्ने ३७ वर्षीय बाबुराजा प्रजापती समेत ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५ हजार ९ सय ४० रूपैयाँ, डिजिटल तास खेलाउन प्रयोग हुने जस्तो देखिने मोबाइल आकारमा रहेको डिभाईस थान १, डिजिटल तास खेलाउने डिभाईसमा प्रयोग हुने डिजिटल तास १२ बुक र मोबाइल ६ थान सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल र १ थान स्कुटर समेत बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
२०८३-०३-१४

काठमाडौं, काठमाडौं महानगरपालिका-१३ सोल्टीमोड डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका ३७ वर्षीय दिनेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा दिनेश समेत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २३ हजार ५ रूपैयाँ र २२ बुक तास सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-३ पुलचोक बस्ने ५६ वर्षीय बाबुराम खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा बाबुराम समेत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८० हजार ४ सय ६५ रूपैयाँ र ४ बुक तास सहित  पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।