प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ठगीमा संलग्न दुई जना पक्राउ

२०८२-०२-१४

  • A
  • A-
  • A+
Share

काठमाडौं, ठगीमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं  महानगरपालिका-१५ बस्ने मकवानपुर थाहा नगरपालिका-७ घर भएका ३४ वर्षीय राम कुमार सापकोटा र काठमाडौं महानगरपालिका-३ बस्ने बाजुरा बुढीनन्दा नगरपालिका-३ घर भएका २८ वर्षीय ओव्जन चदारा रहेका छन् । 

आफु सिआईडिमा कार्यरत प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक बताउने राम कुमार र ओव्जनले वैदेशिक रोजगारीको लागि दुबई जान भनि ३० लाख रूपैयाँ ठगीमा परेका व्यक्तिहरूको पैसा उठाई दिन्छु भनि पीडितसँग पटक पटक गरी जम्मा ४ लाख ५० हजार रूपैयाँ नगद तथा ग्लोबल आइएमई बैंकको २ लाख ५० हजार रूपैयाँको चेक काट्न लगाई ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई कीर्तिपुर नगरपालिका-१० ट्याङ्लाफाँटबाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

सम्बन्धित समाचार
बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित एक जना पक्राउ
२०८२-११-१३

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट बाह्‍य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १० हजार ५ सय, युरो २६ हजार ७ सय,  चाइनिज युआन ७ हजार ४ सय र Fem hundra kronor (स्विडेन) ४३ हजार सहित स्वीडिस नागरिक ५१ वर्षीया KUNCHOK KHANDRO मंगलबार बिहान पक्राउ परेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले सिचुवान एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट चीन जान लागेकी उनलाई जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त मुद्राहरू फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।