चोरी गरी फरार रहेका व्यक्ति पक्राउ
२०७९-०६-२५
- A
- A-
- A+
पाँचथर, ताप्लेजुङ फुङलिङ नगरपालिका-४ वीरेन्द्रचोकस्थित अम्मर श्रेष्ठको कञ्चन मनी ट्रान्सफरबाट नगद तथा सुन चोरी गरेको अभियोगमा फिदिम नगरपालिका-१ बस्ने ताप्लेजुङ सिदिङवा गाउँपालिका-५ घर भएका २७ वर्षीय टाईगर भन्ने गजेन्द्र लिम्बुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
असोज १७ बिहान उक्त मनी ट्रान्सफरबाट नगद तथा सुन चोरी गरी फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथर र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको संयुक्त प्रहरी टोलीले फालेलुङ गाउँपालिका-८ बाँसबोटेस्थित खाली घरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।