प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २३ जना पक्राउ

२०८२-०४-१२

  • A
  • A-
  • A+
Share

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम र नगद ५० हजार रूपैयाँ सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका अत्तरखेल बस्ने सिन्धुपाल्चोक साँगाचोक नगरपालिका-२ घर भएका ४१ वर्षीय यम बहादुर क्षेत्री र शंखरापुर नगरपालिका-९ साँखु घर भएका २४ वर्षीय रोशन कार्की रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-५ गरामनी बस्ने २७ वर्षीय रोसन शिवा र सोही नगरपालिका-५ देवीबस्ती बस्ने २४ वर्षीय समरदेव राजबंशीलाई रहेका छन् । प्रहरी बिट मेचीपुल समेतबाट खटिएको प्रहरीले  भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कञ्चनपुर, बेलौरी नगरपालिका-६ नकैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलौरी नगरपालिका-४ रिछा बस्ने २३ वर्षीय राम कुमार राना र  पुनर्वास नगरपालिका-६ ङ गाउँ बस्ने २२ वर्षीय कल्लु राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

कैलाली, धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-७ बस्ने १९ वर्षीय जिवन मन्ने र २७ वर्षीय आदित्य खड्का रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००८ प २७३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१४ खुटिया टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-७ बस्ने २५ वर्षीय सुभम राना र  सेवा राना रहेका छन् । इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले प्र.३-०२-००७ प ५५२० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सप्तरी, शम्भुनाथ नगरपालिका-६ कठौना बस्ने २७ वर्षीय राम कुमार साहलाई अवैध लागूऔषध गाँजा करिब २ किलो २५ ग्राम सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कठौनाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

ललितपुर, महालक्ष्मी नगरपालिका-१ ईमाडोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ६० ट्याब्लेट, नाईट्राजेपाम १० ट्याब्लेट र नगद ४ हजार रूपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-२० पाटन महापाल घर भएका २३ वर्षीय अनिश शाक्य, सोही महानगरपालिका-५ लगनखेल घर भई ललितपुर बालकुमारी बस्ने ३७ वर्षीय जिबन कार्की रहेका छन् । प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले बाग्मती प्रदेश ०२-०४० प ५९८८ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्कबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल १ सय १२ ट्याब्लेट सहित सोही महानगरपालिका-४ गणेशटोल बस्ने ३४ वर्षीय सन्दिप शाहीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

स्याङ्जा, गल्याङ नगरपालिका-१ राम्दिबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९६ ट्याब्लेट, नाइट्राभेट ६० ट्याब्लेट, डाईजेपाम ५९ एम्पुल, नोर्फिन ५९ एम्पुल र फेनारगन ५० एम्पुल सहित नवलपरासी पूर्व विनयत्रिवेणी गाउँपालिका-७ शिवपुर बस्ने ३१ वर्षीय कृष्ण बहादुर रानालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट राम्दिबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको ना.५ ख ६९४७ नम्बरको बसमा सवार उनालाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

सुनसरी, बराहक्षेत्र नगरपालिका-७ किरात चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ५० ट्याब्लेट सहित रामधुनी नगरपालिका-५ बस्ने १९ वर्षीय सौगात परियार समेत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१३ आदामारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१३ पदमपोखरी बस्ने ३० वर्षीय प्रविन लामालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै सोही स्थानमा प्रहरीलाई देख्नासाथ ना.५१ प ५९०७ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिले झोला छाडि फरार भएपश्चात झोला तलासी गर्दा ट्रामाडोल ६ हजार ट्याब्लेट फेला पारी बरामद गरेको छ । प्रहरीले हाल फरार व्यक्तिको खोजी गरिरहेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
सर्वसाधारण तथा यात्रुहरूलाई दु:ख हैरानी दिने कार्यमा संलग्न ३२ जना पक्राउ
२०८३-०३-२५

काठमाडौं, सर्वसाधारण तथा यात्रुहरूलाई दु:ख हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ जडिबुटी बस्ने दोलखा शैलुङ गाउँपालिका-५ घर भएका २५ वर्षीय नविन तामाङ समेत ३२ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  विगत लामो समय देखि जडिबुटी एरियामा पैदल हिँडिरहेका सर्वसाधारण तथा यात्रुहरूलाई जबरजस्ती गाडीमा हाल्ने, सामान तथा झोला तान्ने र दुःख हैरानी दिने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई जडिबुटी एरियाबाट पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सर्वसाधारण तथा यात्रुहरूलाई दु:ख हैरानी दिने कार्यमा संलग्न १७ जना पक्राउ
२०८३-०३-२५

काठमाडौं, सर्वसाधारण तथा यात्रुहरूलाई दु:ख हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं बल्खु बस्ने काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-१ घर भएका ३५ वर्षीय सुमन लामा समेत १७ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  विगत लामो समय देखि बल्खु एरियामा हिँडिरहेका सर्वसाधारण तथा यात्रुहरूलाई जबरजस्ती गाडीमा हाल्ने, सामान तथा झोला तान्ने र दुःख हैरानी दिने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई बल्खु एरियाबाट पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८३-०३-२५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा कपिलवस्तु वाणगंगा नगरपालिका-८ घर भएकी ३६ वर्षीया दिलमाया गैरे, भक्तपुर चाँगुनारायण नगरपालिका-५ घर भएका २८ वर्षीय सन्देश ढुङ्गाना र कास्की रूपा गाउँपालिका-१ घर भएका ३० वर्षीय बिशाल खवास राना रहेका छन् । पक्राउ मध्ये दिलमायाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ, सन्देशले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १६ लाख रूपैयाँ र बिशालले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिलमायालाई काठमाडौं महानगरपालिका-१३ बाट, सन्देशलाई भक्तपुर चाँगुनारायण नगरपालिका-७ बाट र बिशाललाई काठमाडौं महानगरपालिका-११ बाट पक्राउ गरेको हो । पक्राउ मध्ये दिलमायालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने सन्देश र बिशाललाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८३-०३-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने लमजुङ घर भएका ४५ वर्षीय पुर्ण बहादुर दुरा, काठमाडौं महानगरपालिका-३२ बस्ने दोलखा घर भएकी ४२ वर्षीया कमला खत्री, ललितपुर महालक्ष्मी नगरपालिका-१३ बस्ने सुर्खेत घर भएकी २४  वर्षीया सरस्वती गिरी, भक्तपुर सूर्यबिनायक नगरपालिका-८ बस्ने दोलखा घर भएका २७ वर्षीय राम कुमार श्रेष्ठ र  काठमाडौं महानगरपालिका-२६ बस्ने बागलुङ घर भएका ३७ वर्षीय अमर सिंह घर्ती रहेका छन् । पक्राउ मध्ये पुर्ण बहादुरले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १४ लाख रूपैयाँ, कमलाले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ४५ हजार रूपैयाँ, सरस्वतीले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ,  राम कुमारले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र अमर सिंहले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पुर्ण बहादुरलाई काठमाडौं महानगरपालिका-२८ बाट, कमलालाई काठमाडौं महानगरपालिका-३२ बाट सरस्वतीलाई महालक्ष्मी नगरपालिका-१३ बाट सोमबार तथा राम कुमारलाई काठमाडौं महानगरपालिका-२२ बाट र अमर सिंहलाई काठमाडौं महानगरपालिका-२६ बाट मंगलबार पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०८३-०३-२४

रौतहट, ईशनाथ नगरपालिका-३ औरैया बस्ने ६० वर्षीय बुटन साहको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६३ वर्षीय रामाऔतार साह र उनकै छोरा २६ वर्षीय राम महेश्वर साहलाई  मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।ईशनाथ नगरपालिका-३ औरैया बस्ने ८० वर्षीय राम बहादुर साह, उनकै छोरी ज्वाई बुटन साह तथा रामाऔतार र राम महेश्वर बिच जग्गाको विषयमा झै-झगडा तथा कुटपिटको क्रममा राम महेश्वरले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका बुटनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहट समेतबाट खटिएको प्रहरीले घटनामा संलग्न रामाऔतार र राम महेश्वरलाई पक्राउ गरेको हो । साथै घाइते भएका राम बहादुरको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।