भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८३-०३-१७
- A
- A-
- A+
सल्यान, बनगाड कुपिण्डे नगरपालिका-४ देउली बस्ने ४२ वर्षीय गोपाल परियारलाई एकनाले भरूवा बन्दुक १ थान सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।