वन्यजन्तुको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दाका फरार अभियुक्त पक्राउ
२०८३-०३-०४
- A
- A-
- A+
काठमाडौं, संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्रीमा संलग्न रहि फरार रहेका काठमाडौं तारकेश्वर नगरपालिका-८ बस्ने रसुवा उत्तरगया गाउँपालिका-९ घर भएका ३८ वर्षीय टेक बहादुर तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा काठमाडौंमा रहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले तारकेश्वर नगरपालिका-८ जरङ्खुबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार सुन्धारा काठमाडौं पठाइएको छ ।