प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

२०८२-०७-२३

  • A
  • A-
  • A+
Share

काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी सृजनाटोलस्थित मकवानपुर हेटौंडा घर भएकी ५५ वर्षीया निर्मला मोक्तानले संचालन गरेको उर्मिला खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा निर्मला समेत १३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८० हजार ७ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

रूपन्देही, बुटवल उपमहानगरपलिका-९ कालिकानगरस्थित चौतारी रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा नवलपरासी पश्चिम सुनवल नगरपालिका-४ सुभमनगर बस्ने ५० वर्षीय शिवलाल सुबेदी समेत २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५० हजार ५ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
२०८३-०३-१४

काठमाडौं, काठमाडौं महानगरपालिका-१३ सोल्टीमोड डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका ३७ वर्षीय दिनेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा दिनेश समेत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २३ हजार ५ रूपैयाँ र २२ बुक तास सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-३ पुलचोक बस्ने ५६ वर्षीय बाबुराम खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा बाबुराम समेत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८० हजार ४ सय ६५ रूपैयाँ र ४ बुक तास सहित  पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।