प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

२०८३-०१-२९

  • A
  • A-
  • A+
Share

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-२ सानेपा खरिबोट बस्ने खडक नगरपालिका-१० घर भएका २४ वर्षीय समिर चौधरी, सोही महानगरपालिका-१० कुपण्डोल घर भएकी ४८ वर्षीया पूजा शर्मा जोशी र काठमाडौं महानगरपालिका-२२ न्यूरोडस्थित कृष्णा डाईमण्ड नामक सुनचाँदी सञ्चालन गरी बस्ने भारत घर भएका ४५ वर्षीय श्रवण कुमार रहेका छन् । 

विभिन्न मितिमा ललितपुर महानगरपालिका-२ सानेपा डेरा गरी बस्ने मिन झा को कोठाबाट करिब १८ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल र वविता छिनाल परियारको कोठाबाट करिब १५ लाख ३५ हजार रूपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहना चोरी भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट सुनका विभिन्न गरगहना र नगद २२ लाख रूपैयाँ समेत बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा समिर गरगहना चोरी गर्ने, पूजा चोरीका गरगहना बिक्री गर्ने र श्रवण चोरी गरगहना खरीद तथा गाल्ने कार्यमा संलग्न रहेको खुल्न आएको छ ।  

उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोष्ट गर्ने व्यक्ति पक्राउ
२०८३-०६-२९

धनुषा, सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोष्ट गरेको अभियोगमा लक्ष्मीनिया गाउँपालिका-१ बस्ने २० वर्षीय क्रिमिनल भन्ने राजु यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  उनले समाजमा हिंसा फैलाउन उत्प्रेरित गर्ने, विभिन्न व्यक्ति, समुदाय र संगठनको मर्यादामा आँच आउने गरी गालीगलौज र आपत्तिजनक शब्दहरू बोल्ने तथा धाकधम्की दिने किसिमका भिडियोहरू सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेको भन्ने खुल्न आएपश्चात जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०६-२८

काठमाडौं खसी बजार बस्ने सिन्धुली हरिहरपुरगढी गाउँपालिका-३ घर भएका १८ वर्षीय रोशन पाख्रिनको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय रूपेश पाख्रिनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित विवादको क्रममा रूपेशले कुटपिट गर्दा गम्भीर घाइते भएका रोशनको कलंकी शहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि ३ जनालाई नियन्त्रणमा लिएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।