प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

एक थान कटुवा पेस्तोलसहित पक्राउ

२०८१-०१-३०

  • A
  • A-
  • A+
Share

संखुवासभा, चैनपुर नगरपालिका-१ लिबुङटार बस्ने ताप्लेजुङ मायाखोला गाउँपालिका-१ घर भएका ४२ वर्षीय दिल बहादुर चोङवाङलाई कटुवा पेस्तोल १ थानसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

मामा नाता पर्ने नयन बहादुर लिम्बुको घरमा बस्दै आएका दिल बहादुर र नयन बहादुरबीच घरायसी विवादको कारण झैं-झगडा भएको भन्‍ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नुनढाकीबाट खटिएको प्रहरीले दिल बहादुरको कोठा तलासी गर्दा उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार