ठगी तथा कीर्ते गरेको अभियोगमा पक्राउ
२०७९-०४-०१
- A
- A-
- A+
काठमाडौं, नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी तथा कीर्ते गरेको अभियोगमा ललितपुर महानगरपालिका-१५ सातदोबाटो बस्ने मकवानपुर थाहा नगरपालिका-६ घर भएका २१ वर्षीय वाशुदेव अर्याललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरस्थित सीतापाइला बस्ने प्युठान, प्युठान नगरपालिका-४ घर भएका प्रकाश राज भण्डारीको फल्कोनाइड इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिको नाउँको नक्कली छाप र प्रकाश राजको नक्कली दस्तखत प्रयोग गरी नेपाल एसबिआई बैंक लिमिटेडको खाताबाट असम्बन्धित ब्यक्तिले पैसा निकाली रहेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले घटनामा संलग्न अर्याललाई विभिन्न दशी प्रमाण सहित काठमाडौं कलंकीस्थित नेपाल एसबिआई बैंक लिमिटेडबाट पक्राउ गरेको हो ।
उनी उपर लिखत सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति प्राप्त गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।