अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८३-०१-३१
- A
- A-
- A+
मोरङ, विराटनगर महानगरपालिका-३ बाट नियन्त्रित लागूऔषध डाइक्लोमाइन ३ हजार ९ सय ७० ट्याब्लेट र ट्रामाडोल ३ हजार ९ सय ९० ट्याब्लेट सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढीगंगा गाउँपालिका-२ गंगाचोक घर भएका २७ वर्षीय करन प्रधान र २१ वर्षीय अनिस परियार रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बाँके, बैजनाथ गाउँपालिका-१ र २ को सिमाना नजिक मुलाटाटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ बस्ने २८ वर्षीय याम बहादुर बुढा र ३३ वर्षीय टोप बहादुर रोकाय रहेका छन् । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बाँके, बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने २४ वर्षीय बीर बहादुर थारूलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २ सय २० मिलिग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट न्यू सिटीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम र नियन्त्रित लागूऔषध नाईट्राभेट ७ ट्याब्लेट सहित बर्दिया राजापुर नगरपालिका-१ बस्ने २३ वर्षीय प्रमोद थारूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सिन्धुली, दुधौली नगरपालिका- ४ बस्ने २५ वर्षीय राजु धामी दनुवारलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब २ किलो २ सय ७२ ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका-२८ हरिसिद्धी नयाँबाटोबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ९९ ट्याब्लेट, अवैध लागूऔषध गाँजा १ सय ९० ग्राम र डिजिटल तराजु २ थान सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय रोहन पाण्डे, सुनसरी घर भएका ३१ वर्षीय गौतम शर्मा र ललितपुर महानगरपालिका-२३ हात्तीवन बस्ने चितवन घर भएका ४३ वर्षीय अनिल कुँवर रहेका छन् । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुर्खेत, लेकवेशी नगरपालिका-४ बस्ने १८ वर्षीय किशोरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चु समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका-९ बिहानी टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २९ वर्षीय सुरेश गुरूङ समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोन्द्राङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-७ सहिदचोकबाट नियन्त्रित लागूऔषध एलएसडी १ हजार पिस र नगद ७ लाख ४० हजार रूपैयाँ सहित भारत केरला घर भएका २८ वर्षीय आयुस अजितलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।