चाँदी जस्तो देखिने धातुको विभिन्न सरसामान सहित पक्राउ
२०७९-०७-०२
- A
- A-
- A+
कास्की, पोखरा महानगरपालिका-३२ मझुवाबाट चाँदी जस्तो देखिने धातुको विभिन्न सरसामानहरू सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत घर भएका २१ वर्षीय राजु कुमार साह र बारा करैयामाई गाउँपालिका-८ बस्ने ३४ वर्षीय सरोज मियाँ मसुर रहेका छन् । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले दमौलीबाट पोखरातर्फ आउँदै गरेको ग.१ ख ९३०८ नम्बरको बसमा सवार राजु कुमारलाई १ सय ९३ तोला ९२ लाल र ग.१ ख २६९५ नम्बरको बसमा सवार सरोजलाई ४ सय १३ तोला ५२ लाल बराबरको चाँदी जस्तो देखिने धातुको विभिन्न सरसामान सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहको छ ।