प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

२०८०-११-१२

  • A
  • A-
  • A+
Share

काठमाडौं, चन्द्रागिरी नगरपालिका-१५ नैकाप तिनथाना बस्ने मदनराज पुरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१५ बस्ने ५५ वर्षीय मनोज कुमार थापा लगायत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६५ हजार ७ सय ५० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
२०८२-०१-१६

भक्तपुर, मध्यपुर थिमी नगरपालिका-४ एसएस चोक बस्ने ४४ वर्षीय राजेन्द्र श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेन्द्र समेत ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २३ हजार ७ सय ५० रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । यसैगरी भक्तपुर, चाँगुनारायण नगरपालिका-७ हेल्मेटडाँडा बस्ने ५८ वर्षीय कृष्णराम छुस्याबागको घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्णराम समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार ९ सय ५० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।