दोहोरो नागरिकता र राहदानी भएका व्यक्ति पक्राउ
२०७९-०७-१८
- A
- A-
- A+
काठमाडौं, काठमाडौं महानगरपालिका-३ महाराजगंजस्थित अमेरिकन राजदुतवास नजिकबाट दुई वटा नागरिकता र राहदानी सहित उदयपुर वेलका नगरपालिका-७ घर भएका ४१ वर्षीय अशोक राई भन्ने ओम बहादुर राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
राईले दोहोरो नागरिकता र दोहोरो राहदानी बनाई अमेरिका जान लागेको भन्ने सूचनाको आधारमा अमेरिकी दुतावाससँगको समन्वयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले दुई वटा नागरिकता र राहदानी सहित उनलाई पक्राउ गरेको हो ।
उनलाई नागरिकता ऐन र राहदानी ऐन अन्तर्गतको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।