अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ
२०८३-०२-०५
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-८ पशुपति नजिकबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ५० ग्राम सहित ललितपुर बालकुमारी बस्ने सुर्खेत भेरीगंगा नगरपालिका-१२ घर भएका २५ वर्षीय खिमराज कठायतलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-४ बस्ने ६० वर्षीया साईली तामाङलाई अवैध लागूऔषध गाँजा करिब ३ किलोग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१२ बाट नियन्त्रित लागूऔषध डाईजेपाम ५ एम्पुल, नोर्फिन ५ एम्पुल र फेनारगन ५ एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१२ बस्ने ३६ वर्षीय विशाल आङ्देम्बे र काभ्रे चौरीदेउराली गाउँपालिका-६ घर भएका २५ वर्षीय नवराज नेपाली रहेका छन् । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले विशालको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-८ सम्पाङ चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ट्याब्लेट र डिकोलिक २ हजार ट्याब्लेट सहित हरिनगरा गाउँपालिका-६ बस्ने २१ वर्षीय अंजक अंसारी समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बरगाछी धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ पिपरिया बस्ने २७ वर्षीय हरिस राना र २८ वर्षीय फुलचरण रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा फुलचरणको घरबाट ८ ग्राम ८ सय ७० मिलिग्राम र हरिसको घरबाट ६ सय ५० मिलिग्राम उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६८ ग्राम ४० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका-६ बस्ने २६ वर्षीय अखिलजन विक्रम शाह र कैलाली गोदावरी नगरपालिका-१० बस्ने १९ वर्षीय विकास साउद रहेका छन् । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१-००६ख २५९५ नम्बरको हायसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित गौरीगंगा नगरपालिका-७ बस्ने २८ वर्षीय शिव कामी समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.७ प ४४० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ एयरपोर्ट मोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ बस्ने १९ वर्षीय लक्ष्मण रानालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, भजनी नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय २० मिलिग्राम सहित जानकी गाउँपालिका-२ बस्ने २९ वर्षीय दिपक दमाईलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रौतहट, चन्द्रपुर नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ३ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रपुर नगरपालिका-४ बस्ने ३६ वर्षीय सन्देश कुश्वार र सिन्धुली हरिहरपुरगढी गाउँपालिका-४ बस्ने ३० वर्षीय अरूण जंग राई रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले निजगढबाट चपुरतर्फ आउँदै गरेको बा.१७ प ७४३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, दमक नगरपालिका-६ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ८ सय ४० मिलिग्राम र नगद ३ हजार ५ सय रूपैयाँ सहित दमक नगरपालिका-१ बस्ने सुनसरी घर भएकी २७ वर्षीया विमला दाहाललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, बिर्तामोड नगरपालिका-५ इन्द्रेणीटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय हरसिंह राजबंशी समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम २ सय मिलिग्राम सहित सोही नगरपालिका-६ भानुटोल बस्ने ३८ वर्षीय जिवन घिमिरेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-००२ ह ७३१२ नम्बरको सिटी सफारीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका-४ कमलडाँडा बस्ने राक्सिराङ गाउँपालिका-३ घर भएका २२ वर्षीय प्रतिक ठकुरी समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।