नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७९-०२-२३
- A
- A-
- A+
सिरहा, गोलबजार नगरपालिका-७ पुरानो चोहर्वाबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ३ सय ट्याब्लेट सहित धनगढी माई नगरपालिका-८ बस्ने २० वर्षीय पप्पु महत्तोलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
नवपलरासी (पूर्व), गैंडाकोट नगरपालिका-२ नारायणी नदी पुलबाट नियन्त्रित लागूऔषध नाइट्रोभेट ५० ट्याब्लेट सहित चितवन माडी नगरपालिका-२ बस्ने ४२ वर्षीय बाबुराम आचार्यलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले ना.८ ख ४४८२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार आचार्यलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै निजलाई भेट्न आएका सोही ठाउँ बस्ने २३ वर्षीय रिकेश महतोलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।