बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०७९-०४-१९
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० बस्ने गोरखा, गोरखा नगरपालिका-७ घर भएका ४६ वर्षीय दिपक चन्द्र आचार्यलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । १९ लाख ५० हजार रुपैयाँ बिगो रहेको बैंकिङ कसूर मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं थापागाउँबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।
यसैगरी बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-४ बालुवाटार बस्ने मकवानपुर हेटौंडा उपमहानरगपालिका-१ घर भएका ४५ वर्षीय अनुप राजथलालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको गत जेठ ३० गते फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद, १२ लाख रुपैयाँ जरिवाना सजाय र ४८ हजार रुपैयाँ क्षतिपुर्ती शुल्क भराउने फैसला ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१० थापागाउँबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर लगनखेल पठाइएको ।