अवैध लागूऔषध सहित पक्राउ तथा बरामद
२०७९-०६-०१
- A
- A-
- A+
मोरङ, विराटनगर महानगरपालिका-५ विशाल चोकबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्राम सहित सोही ठाउँ बस्ने ४५ वर्षीया दुर्गा कुमारी साहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा घरमा लुकाई राखेको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
झापा, शिवसताक्षी नगरपालिका-२ प्रगतिनगरबाट अबैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम, १ थान मोबाइल र नगद २ हजार १ सय ५० रूपैयाँ सहित सोही ठाउँ बस्ने २२ वर्षीय किरण राई लगायत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिले र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोली सोही ठाउँस्थित भक्त बहादुर दर्जीको घरमा बसिरहेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै हाल फरार रहेका भक्त बहादुर दर्जीको प्रहरीले खोजी गरिरहेको छ ।
कैलाली, धनगढी उपमहानगरपालिका-१३ एयरपोर्ट मोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने १७ वर्षीय किशोरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, राक्सिराङ गाउँपालिका-५ पेन्चे डाँडाको जंगलबाट अवैध लागूऔषध गाँजा करिब १ सय २० किलोग्राम शुक्रबार राति प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा अवैध लागूऔषध गाँजाको ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उक्त जंगलमा ६ वटा बोरामा वेवारिसे अवस्थामा राखिएका उक्त गाँजा बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।